फौजी कीरा नियन्त्रणमा जैविक विधि सफल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन् ।

अनुसन्धान तथा विकासको चरण पार गरी प्रयोगशालामा परीक्षणसमेत सकिएपछि उक्त जैविक विधिबाट तयार उत्पादित सामग्रीको सफल परीक्षणमेत भइसकेको उनीहरूले बताएका छन् ।

ती सामग्रीको परीक्षण जो किसानका बालीउपर गरिएको थियो, तिनले सन्तोषजनक नतिजा देखिएको जनाएपछि अनुसन्धानकर्ताहरू हौसिएका छन् ।

अमेरिका, दक्षिण अफ्रिकापछि एसियाली मुलुकहरूमा फैलिएको फौजी कीरालाई पछिल्लो समय बालीनालीका लागि सबभन्दा ठूलो शत्रुका रूपमा लिइएको छ ।

यस कीरामा विषादीको प्रयोगसमेत प्रभावहीन देखिँदै आएको छ। गोरखापत्र दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया