बलेवा सेवा समाज जापानको अध्यक्षमा राज पौडेल चयन

टोकियो । जापानमा क्रियाशिल बलेवा सेवा समाजको अध्यक्षमा राज पौडेल चयन हुनुभएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा सम्पन्न समाजको पाँचौ साधरणसभाले राज पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा विकास के.सी,उपाध्यक्षमा शेषकान्त रिजाल,महासचिवमा टिकाराम रिजाल बिमल,सचिवमा अर्जुन लामिछाने,कोषाध्यक्षमा एलपि शर्मा र सह कोषाध्यक्षमा दिपेन्द्र गिरि चयन हुनुभएको छ ।
समितिको सदस्यमा गोविन्द्र पौडेल,हरी रेग्मी,सन्तोष सापकोटा,महेन्द्र ढकाल, भिम केसि,भक्त हमाल,प्रताप हमाल,कृष्ण शर्मा समिर,दिपेन्द्र रिजाल,अर्जुन प्रताप सिंह केसि रहनुभएको छ ।
समितिको सल्लाहकारमा रामु चापाई, बलराम भट्ट रहनुभएको छ भने साधरणसभाले महेन्द्र पिसि, शर्मेन्द्र पौडैल सेवक र राजु चपागाईलाई संरक्षकमा चयन गरेको छ ।
साधरणसभाले महासचिव विमल रिजालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विकास केसिले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्व सर्वसम्मत रुपमा पारित गरेको थियो ।

कार्यक्रममा चर्चित लोक दोहोरी गायक सुर्य खड्का, सोना केसि र निर्मल क्षेत्रिले आफ्नो सांगिति प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा संरक्षक राजु केसि,महेन्द्र पिसिले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष शर्मेन्द्र पौडेल सेवकको अध्यक्षता, महासचिव विमल रिजालको सञ्चालन र प्रवत्ता अर्जुन लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया