नेपालको एक इन्च पनि मिच्न दिन्नौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुकलाई नेपालको एक इन्च पनि भूमि मिच्न नदिने बताएका छन् ।

नेपाल भ्रमण वर्षका अवसरमा बुधबार सिन्धुलीमा आयोजित कार्यक्रममा प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा मिचिएको विषयमा सरकार गम्भीर भएको बताए ।

‘नेपालको जमीन मिचिएको र सीमानाका पिलर सारिएको स्थानका विषयमा हामी गम्भीर र संवेदनशील छौं । नेपालको भौगोलिक अखण्डता रक्षानिम्ति जस्तोसुकै त्याग गर्न हामी तयार छौं,’ प्रचण्डले भने, ‘हामी कसैलाई पनि नेपालको एक इन्च जमिन मिच्न नदिने संकल्पमा छौं । राष्ट्रियताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एकढिक्का भएको उल्लेख गर्दै प्रचण्डले सीमा समस्या कूटनीतिक तबरबाट समाधान गर्न आफूहरु लागेको बताए । ‘केही दिनअघि भारतबाट पनि हामी छलफल गर्न तयार छौं भनेर चिठी आएको छ,’ उनले भने ।
प्रचण्डले भ्रमण वर्ष सफल पार्न पर्यटकमात्रै भित्र्याएर नपुग्ने बताएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया