हतियारसहित विप्लव समूहका नेता पक्राउ

भोजपुर । भोजपुर प्रहरीले हतियारसहित नेत्रविक्रम चन्द समूहका एक नेतालाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट चार राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो ।

उनको साथबाट गोलीसहित दुई थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिए ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोलसहित फेला पारी नियन्त्रणमा लिइएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: