बिनोद खड्का,लिखु तामाकोसी गापा रामेछाप,
-बास्तबमा कम्युनिस्ट भन्ने बितिकै क्रान्तिकारी र परिवर्तन कारी हरू भनेर बुझिन्छ । तर पछिल्लो समय क्रान्तिकारी हुँ भन्ने हरूको आचरण जीवन शैली उनिहरूको उठबस् हेर्दा कतै हामी क्रान्तिकारी हरूको नाममा लतपतियर सामन्ती र पुजीवादी हरूको जीवनयापन त जी रहेका छैनौं रु साच्चै क्रान्तिकारी हरू आफैमा निर्डर हुनुपर्ने हो तर पछिल्लो समय देखिदै गएको क्रान्तिकारीता यहाँ बयान गरेर साध्य छैन् । क्रान्तिकारी हुँ भन्छन् तर उ सामन्ती सोचमै रूमलिरहेको अथवा एउटाको दास बनिरहेको देखिन्छ । क्रान्तिकारी भन्ने बितिकै गलतको खरो खण्डन र सहीको बढो हार्दिकता पुर्वक स्वागत गर्नेलाई नै असली क्रान्तिकारी भनेर बुझिन्छ ।
तर पछिल्लो समय क्रान्तिकारीको नाम बेचिरहने भजाई रहने तर उसको हरेक गतिविधि एउटा ब्यक्तिमा दास वा लम्पसार बनी रहने हरूले गर्दा साच्चै क्रान्तिकारी नाम मै दाग लागिरहेको छ भन्ने अनुभुती मज्जाले गर्न सकिन्छ ।
क्रान्तिकारी त्यो हो जो एक्लै किन नहोस् उसले गलतको भण्डाफोर गर्छ आलोचना गर्छ जनतामा सुसूचित गर्छ उ कसैको दास बन्दैन कसैले छेक्दा छेकिन्न रोक्दा रोकिन्न र सदै अन्यायको विरुद्ध आफ्ना रचनात्मक बिभिन्र माध्यम बाट आफ्ना विचार हरू सार्वजनिक गर्छन् सुसूचित गर्छन् भन्ने त्यो चाहिँ क्रान्तिकारीता हो । तर पछिल्लो समय क्रान्तिकारीताको नाममा ब्यक्तिवादी लम्पसारवादी र त जा भन्ने जान्ने नजा भन्ने नजाने खालका कथा कथित क्रान्तिकारी हुँ भन्ने हरूले गर्दा साच्चै क्रान्तिकारी नाममा दखल मात्र हैन दाग लाग्ने सम्भावना बढेर आको प्रष्ट देखिन्छ ।
क्रान्तिकारी भनेको एक बहादुर नै हो उ एक्लै हुदा पनि निश्चित रूपमा आफ्ना कुराहरू निर्धक्क राख्न सक्नेलाई खास क्रान्तिकारी भनिन्छ । क्रान्तिकारी हरू न बिक्न सक्छन् न बिक्छन् न अरूको एक गाँस खाएको भरमा उसको गुनगान गाउछन् न धम्काउदा वा ब्यक्तिले रोक्दा ती क्रान्तिकारी हरू रोकिन्छन् । तर पछिल्लो समयका क्रान्तिकारी हुँ भन्ने हरू साच्चै दासी मानसिकता बाट चल्दा साच्चै क्रान्तिकारी भनिने शब्दमै ठेस पुग्ने सम्भावना प्रष्ट सँग देख्न सकिन्छ । त्यसैले क्रान्तिकारी यति तपाईं हो भन्ने साच्चै क्रान्तिकारीता पथमा हिड्न आवश्यक छ क्रान्तिकारीता नाम त्यतिकै लेखिएको हैन यसलाई गहिरो ढंगले बुझ्दै र अन्यको दासी र सामन्ती सोच त्यागेर अगाडि बढ्यो भन्ने मात्र तपाईं मा भएको क्रान्तिकारीताले सार्थकता पाउला नत्र तपाईंको क्रान्तिकारीता एक दिन खोस्टा जस्तो हुने निश्चय छ ख्याल गर्नु होला क्रान्तिकारी हुँ भन्य महोदय हरू ।
( नेकपा ) पालिका सदस्य एवम् लिखु तामाकोसी युवा संजाल संयोजक
फेसबुकबाट तपाइको प्रतिक्रिया