टोक्योमा प्रथम रनिङ फुटबल प्रतियोगिता हुने,टीम दर्ता गर्न खुल्ला

टोकियो । ‘फुटबल फर फ्रेनसीप’ भन्ने नाराका साथ आगामी फेब्रुअरी महिनामा प्रथम एनजेएफए रनिङ फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल जापान फुटबल संघ जापानको आज आइतवार टोक्योमा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रथम एनजेएफए रनिङ फुटबल प्रतियोगिता आयोजनामा जापानको टोक्योमा यही फेब्रुअरी ९ तारीखमा सन्चालन गर्ने तयारी गरेको छ ।

प्रतियोगिताका लागि अहिले टीम दर्ता खुला गरिएको आयोजक संस्थाका महासचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक फुटबल क्लबले यही जनवरी ३१ तारीखसम्ममा टीम दर्ता गराउन  सक्ने संघका अध्यक्ष बसन्त गौचनले  जानकारी दिएका छन् । टीम दर्ताका लागि शुल्क ४१ हजार जापानी येन तोकिएको छ ।

प्रतियोगिताको विजेता टोलीले ४५ मान  चार लाख पचास हजार येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेताका लागि २ लाख येन पुरस्कार तोकिएको छ । साथै तेस्रो हुने टिमले नगद १ लाख येन सहित ट्रफी हात पार्नेछन् ।

प्रतियोगिताका लागि सिमित क्लबलाई मात्र लिन सकिने भएकाले समयमै टीम दर्ता गराइ आफ्नो सहभागिता सुनिश्चित गर्न संघका महासचिव श्रेष्ठले आग्रह गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया