देशव्यापी आन्दोलन गर्ने राप्रपा (संयुक्त) को घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो।

आइतबार काठमाडौंमा बसेको पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले देशव्यापी आन्दोलनको तयारी समेत गरेको छ।

पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले भारी बहुमतबाट बनेको वर्तमान सरकारले जनचाहना पुरा गर्न नसकेको भन्दै आन्दोलनलाई सशक्त बनाउने भन्ने विषयमा बैठकमा गम्भिर छलफल भएको बताए।

यसैगरी पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनलाई सशक्त बनाइने बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया