कॉडेबास सेवा समाज जापानको अध्यक्षमा बुद्धीमणी कँडेल चयन

टोकियो । कॉडेबास सेवा समाज जापानको तेस्रो अधिबेशन तथा ५औ साधारण सभा सम्पन्न भएको छ ।
टिकाराम शर्माको अध्यक्षमा गत बुधवार कामाता स्थित बिन्दी रेस्टुरेन्टमा सम्पन्न भएको हो ।काँडेबास सेवा समाज जापानले कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति तय गरेको छ । आफ्नो गाउँ आफैं बनाउँ भन्ने मुल नाराकासाथ टीकाराम शर्माको अध्यक्षतामा कामातास्थित बिन्दी रेस्टुरेन्टमा सम्पन्न साधारणसभाले बिपिन कँडेल र झबिन्द्र कँडेललाई उपाध्यक्ष तथा बलबहादुर केसी (बिपीन)लाई सचिवमा चयन गरेको छ भने रामु शर्मा गौतमलाई सहसचिव, गोमबहादुर बुढाथोकीलाई कोषाध्यक्षमा चयन गरेको छ ।

साधारणसभाले राधिका साप्कोटा, कर्ण बहादुर केसी, सुवास कँडेल,लक्ष्मण चालीसे,छबीलाल शर्मा,झम बहादुर दर्लामी, खिमलाल कँडेललाई सदस्यमा चयन गरेको छ ।

समाजको सल्लाहाकारहरुमा नरिनारायण कँडेल, टीकाराम शर्मा, बाबुराम साप्कोटा,टोप बहादुर सलामी,हिमाल कँडेल, शैलेन्द्र कँडेल, मित्र बहादुर बुडाथोकी,कमल कँडेल,दिलु क्षेत्रीलाई चयन गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया