
टोकियो । गुल्मी मुसिकोट नगरपालिका आँपचौर निवासीको संस्था ऑपचौर सेवा समिति जापानको छैटौं अधिबेशन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जनवरी १ तारिख टोक्योमा ऑपचौर सेवा समिति जापानको छैटौं अधिबेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । अंग्रेज़ी नयॉ वर्ष २०२० को अवसरमा शुभकामना आदान प्रदानसमेत सम्पन्न भएको संस्थाका निवर्तमान अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताउनु भयो । ऑपचौर सेवा समिति जापानको छैटौं अधिबेशनवाट अध्यक्षमा कृष्णप्रसाद पोखरेल (बावु ),तिन उपाध्यक्षमा महाशर्मा खरेल,विष्णु खरेल,गणेश खरेल त्यस्तै महासचिवमा सविन घिमिरे,सचिवमा पर्शुराम खरेल,कोषाध्यक्षमा गोपाल अर्याल,सहकोषाध्यक्षमा नेत्र अर्याल चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा कृष्ण गौतम,सन्तोष अर्याल,प्रशान्त तिवारी,विक्रम अधिकारी,दधिराम अर्याल,कमल खरेल,निर्मल अर्याल,जमुना खरेल चयन हुनु भएको छ ।
उक्त कार्यक्रममा जापानमा गुल्मी समाज जापानका अध्यक्ष सालिकराम भण्डारी,रुपाकोट समाजका उपाध्यक्ष शुधिर भण्डारी लयाएत आँपचौर सेवा समिति जापानका संस्थापक सल्लाकार गुल्मी आँपचौरबाट जापानमा व्यापार व्यवसाय ,अध्ययन, बिभिन्न सिलसिलामा रहनु भएका महानुभाब उपस्थित रहेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया