काठमाडौं। भिष्मराज ढुंगाना खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको जनाइएको छ। उनलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।
बोर्डको अध्यक्षमा नियुक्त ढुंगाना राष्ट्र बैंकमा ३० वर्षको जागिरे जीवन बिताएर सेवानिवृत भएका अनुभवी व्यक्ति हुन्। हाल उनी धितोपत्र बोर्डमा विज्ञ सदस्यको रुपमा संचालक समिति सदस्यका रुपमा कार्यरत थिए।
अध्यक्षका लागि ढुंगानासँगै निरज गिरी र डा केशब श्रेष्ठको नाम सिफारिस भएको थियो। मोरंगका ढुंगाना राष्ट्रपति विद्यादेवी भण्डारी निकटका रहेको चर्चा छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया