
२० लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगामन निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटक नेपाल भ्रमण छन् । जुन अघिल्लो वर्ष (२००८) तुलनामा १.७५ प्रतिशत कम हो ।
अध्यागमन विभागका अनुसार २०१८ मा ११ लाख ७५ हजार ७२ पर्यटक पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो सन् २०१७ को तुलनामा २४.७७ प्रतिशत बढी हो । यसरी हेर्दा सन् २०१८ मा हालसम्मकै पर्यटक आगमन उच्च देखिएको छ ।
सन् २०१९ मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट २ लाख ९ हजार ६११ जना थिए भने दोस्रोमा चीनबाट एक लाख ६९ हजार ५४३ जनाले नेपाल भ्रमण गरेका थिए ।
विभागले हवाईमार्ग र स्थलमार्गबाट नेपाल भित्रिएको पर्यटकको प्रारम्भिक संख्या भएको बताएको छ । भ्रमण वर्ष सफल पार्न त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालनमा ल्याएको छ । निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कारोबार दैनिकमा खबर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया