५ सय बढी नायब सुब्बामा जागिर खुल्यो

काठमाडौँ । लोक सेवा आयोगले ५ सयभन्दा बढी संख्यामा नायब सुब्बा पदको जागिर खुलाएको छ।

आज बुधबार सूचना जारी गर्दै लोक सेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि ५ सय ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी खुलाएको ५ सय ४८ पदमा दरखास्त दिन उमेर र योग्यता पुगेका योग्य व्यक्तिहरुले आगामी माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ ।

आयोगको वेवसाईड www.psc.gov.np मा गएर फर्म डाउनलोड गरी आयोगको धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया