जापानमा एकै हप्ता दुई जनाको निधन,थापाको पार्थिग शरीर नेपाल पठाउने तयारी

जापान । जापानमा हृदयघातका कारण एकै हप्ता दुई जनाको निधन भएको छ । अध्ययनको शिलशिलामा जापान आएका पोखराका बिकल थापा र बाग्लुङ टेकचन चालिसेको हृदयघातका कारण असामयिक निधन भएको थियो  ।

हाल जापानको सेन्दाइमा बस्दै आएका थापा ७ वर्ष अघि बिद्यार्थी भिषामा जापान आएका थिए । थापा अस्पताल पुर्याएर चेकजाँचका क्रममा चिकित्सकहरुले हृदयघातका कारण मृत्यु भएको थियो ।

मृतक थापाको पार्शिग शरिर अस्पतालबाट आज बुधबार टोक्यो र जनवरी १२ तारिख नेपाल पठाउने तयारी गरेर राखिएको छ । एक कम्पनिमा कार्यरत थापाको पार्थिग शरीर नेपाल पठाउन सेन्दाईबासी नेपाली र कास्की पोखरा समाज,जापानको अगुवाईमा संकलित २३ लाख ६५ हजार ४ सय २४ जापानीज येन संकलन गरिएको सेन्दाई जापानवाट सागर थापाले जानकारी दिनुभयो ।

बाग्लुङ जिल्ला ताराखोला गाउपालिकामा स्थायि घर भई राजधानी टोकियोको ताचिखावा नजिक सिनकोदाईरामा बस्दै आएका टेकचन चालिसेको नजिकै काम गर्ने स्थानमै निधन भएको थियो । मृतक चालिसेको पार्थिग शरीर जापानमैं जनवरी ७ तारिख अन्त्यष्टी गरिएको थियो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया