पौडेल वंश महासंघ नेपाल रामेछापको प्रथम जिल्ला भेला सम्पन्न

कैलाश खत्री,मन्थली । पौडेल वंश महासंघ नेपाल रामेछापको प्रथम जिल्ला सम्मेलन रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । महासंघका केन्द्रिय सदस्य एवं रामेछाप संयोजक महेश कुमार पौडेलको अध्यक्षतामा भएको भेलाको उद्घाटन पुस २६गते शनिबार प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडेलले गर्नुभएको थियो ।

कार्यक्रमका बोल्दै सांसद पौडेलले आफ्नो वंश र इतिहाँसलाई विर्सन नहुने बताउनुभयो । कार्यक्रममा पुर्व सांसद एवं नेकपाका केन्द्रिय सदस्य देवशंकर पौडेल, महासंघका केन्द्रिय उपाध्यक्ष दीपक पौडेल, केन्द्रिय सदस्य राजनकुमार पौडेल, नवराज पौडल र अग्नि पौडेलले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
भेलाले रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्वर ६ माकादुमका हर्कबहादु पौडेलको अध्यक्षतामा १३ सदस्सिय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शिवप्रसाद पौडेल, सचिवमा नारायणप्रसाद पौडेल, सहसचिवमा मधुसुदन पौडेल र कोषाध्यक्षमा कमलबहादुर पौडेल रहनुभयको छ ।

सदस्यहरुमा क्रमश शंकर कुमार पौडेल ,बुद्धि प्रसाद पौडेल ,भोजराज पौडेल ,दामोदर पौडेल ,रामशरण पौडेल ,शान्ता पौडेल र शुधा पौडेल रहनुभएको छ।एक जना सदस्य भने बैठकले मनाेनित गर्ने बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया