टिपरले किचेर युवकको हत्यापछि प्रदेश २ मा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन

धनुषा । नदीजन्य वस्तुको अवैध उत्खननको विरोध गरेपछि धनुषामा एक युवकको हत्या भएपछि प्रदेश नम्बर २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले त्यहीअनुसार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्रसमेत पठाएको छ । गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खनन रोक्न र नदीहरुको अवस्थाबारे जानकारी गराउन पत्राचार गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।

अवैध उत्खनन्को विरोध गर्द शुक्रबार धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको थियो । त्यसपछि प्रदेश सरकारले कडाइ गर्न सुरू गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया