आज पनि वर्षा र हिमपात, यस्तो छ तीन दिनको मौसम

काठमाडौं । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (मंगलबार) पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूर पश्चिमका उच्च पहाडी भूभाग का थोरै स्थानमा हल्का वर्षा र हिमपात भएको छ ।

आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

आज राति भने देशको पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भूभागका एक दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

बुधबारको मौसम

बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने छ ।

बुधबार राति पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भेगमा आंशिक बदलीको अवस्था रहने छ । पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात को सम्भावना छ ।

बिहिबार देशको पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया