टोकियोमा २४औं लाङ्घाली साँझ साँगीतिक कार्यक्रम सम्पन्न

टोकियो । नेपाल मगर संघ जापान क्षेत्रीय समितिको आयोजनामा माघे संक्रान्ति विशेष २४औं लाङ्घाली साँझ साँगीतिक कार्यक्रम सम्पन्न भएको छ ।  टोकियोमा आइतवार २४औं लाङ्घाली साँझ सम्पन्न सम्पन्न भएको हो ।

मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपालबाट आमिन्त्रत लोकगायक, नायक एवं मोडल रमेशबाबु थापा मगर,लोक गायिका मैना मगरको विशेष प्रस्तुती रहेको थियो भने स्थानीय कलाकारहरु कुमार गुरुङ (काले भाई) चेतन घर्ती मगर, अनु मगर, सबिन बाबु थापा मगर, होम पुन मगर लगायतले नेपाली मौलिक प्रस्तुति दिएका थिए ।

सगुन सूर्यवंशी मगर र हिमा लुंगेली मगरको नृत्य, गायिका आओइ सानोले ’पानको पात’ बोलको एक टुक्का गीत गाएर कार्यक्रममा फरक स्वाद पस्केकी थिईन् ।

नेपाल मगर संघ जापान कान्तो क्षेत्रीय कमिटीका अध्यक्ष रित राना मगरको सभापतित्व र मगर संघ जापानका केन्द्रिय अध्यक्ष नविन थापा मगरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अतिथिगणद्वारा सामुहिकरुपमा रिबन काटेर उदघाटन गरिएको थियो । नेपाल मगर संघ कान्तोका सचिव महेन्द्र खपाङगी मगरको स्वागत मन्तब्य रहेको २४औं लाङ्घाली साँझ कार्यक्रममा रामहरि खपाङ्गी मगरले सञ्चालन रहेको थियो ।

कार्यक्रमको अन्तमा, २४ औं लाङ्घाली साँझ कार्यक्रम संयोजक भिक्टर ठाडा मगरले लाङ्घाली साँझ सफल पार्न सबैमा धन्यबाद ज्ञापन गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया