टोकियो । नेपाल वायुसेवा नियमको नेपाल एयरलाइन्सले फागुन १९ गते अर्थात मार्च २ बाट जापानको राजधानी टोकियो नजिकैको नारिता विमानस्थलमा उडान थाल्ने भएको छ ।
नेपाल एयरलाइन्सले नारिताका लागि टिकट बिक्रि खुल्ला गरिएको उल्लेख गरेको छ । नेपाल एयरलाइन्सले जापानकै अर्को शहर ओशाकामा उडान गरिरहेको छ । उक्त उडान भने अब रद्द हुने भएको छ । नारिता राजधानीबाट नजिक रहेको विमानस्थल र धेरै नेपालीसमेत बसोबास गर्ने भएकाले यो रुटले निगमको लामो दूरीको उडानलाई सफल बनाउने विश्वास कम्पनीको छ ।
वाइडबडी एयरबस-३३० जहाजले नै नारिता उडान गर्ने तयारी रहेको छ । कम्पनीले एकसाथ नारिता र चीनको ग्वाङझाउमा उडान थाल्ने योजना बनाएको थियो ।
चीनको मिति भने अझै तय भइसकेको छैन । जापानमा नेपाल एयरलाइन्सले प्रारम्भमा नारिता जान प्रक्रिया थालेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया