जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान क्षेत्रीय समिति कान्साईले विद्यार्थी भिसामा जापान आएर आकस्मिक विरामी परि पेटको शल्यक्रिया गरेका भक्तबहादुर थापालाई सहयोग गरेको छ ।
स्याङजा घर भई अक्टूबर सेसनमा विद्यार्थी भिसामा जापान आएर आकस्मिक बिरामी थापालाई ३० हजार जापानी येन क्योटोमा रहेका नेपालीहरूबिच एक कार्यक्रम गरि संस्थाका संयोजक कृष्ण गैरे,उप-संयोजक द्वय दिलीप शर्मा गैरे र हरि कंडेल तथा कोषाध्यक्ष विष्णु साप्कोटाले संयुक्त रूपमा हस्तान्तरण गरि आपतकालीन राहत कोषमार्फत राहतदिने कामको सुरूवात गर्नुभएको छ।
थापा विरामी परेपछि उपचार खर्च लगभग जापानी २ लाखसम्म लाग्ने भएपछि एनआरएनए कान्साईका सह- कोषाध्यक्ष चूड़ामणि कंडेललाई आफ्नो अवस्थाको बारे जानकारी गराउनुभएको थियो। कंडेल मार्फत एनआरएनए कान्साईमा विरामीको बारेमा निवेदन सहित जानकारी आएपछि एनआरएनए क्षेत्रीय समिति कान्साईका उप-संयोजक दिलीप शर्मा गैरे हस्पिटलमा गई वस्तुस्थिति बुझ्नु भएको थियो। त्यसपछि वार्ड अफिसबाट प्रकृया पुराएर गेन्दोगाकु सिन्सेई पश्चात २ लाख लाग्ने ठाउमा लगभग ४० हजार येन मात्र खर्च लागेको थियो। सुरूमा लाग्ने भन्दा कम रकम लागेतापनि थापा नेपालबाट भर्खर आएको र केहि समय आराम गर्नुपर्ने भएको अवस्थामा थापालाई थोरै भएपनि आर्थिक सहयोगले यो समयमा मलमको काम गर्ने भएको हुदा आर्थिक सहयोग गर्ने निर्णय सल्लाहकार सहित कार्यसमितिले सर्वसहमत पारित गरेको थियो।
राहत रकम हस्तांतरण कार्यक्रममा थापाले आफू जापानमा भर्खर आएको र बिरामी पर्दा सुरूमा आत्तिएपनि अभिभावकीय भूमिका खेल्दै एनआरएनए कान्साईले गरेको सहयोगले आफूलाई भोलीका दिनमा एनआरएनए अभियानमा लाग्न समेत प्रेरणा मिलेको भन्दै एनआरएनएको मुक्तकंठले प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित सर्वसाधारणहरूले यस्ता पवित्र कार्यहरूले एनआरएनए प्रति अझ विश्वास बढ्ने भन्दै ख़ुशी व्यक्त गर्दै धन्यवाद सहित अगामि दिनहरूका लागि शुभकामना दिनुभएको थियो। एनआरएन कान्साईका संयोजक कृष्ण गैरेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समापन गर्ने क्रममा गैरेले यि र यस्तै कार्यको निरन्तरता आफ्नो अनि संस्थाको प्राथमिकतामा सधै पर्ने कुराको जानकारी गराउदै सम्पूर्णलाई सधै हातेमालो गर्दै यस अभियानमा जुट्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
फेसबुकबाट तपाइको प्रतिक्रिया