नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा निजि क्षेत्रवाट पनि पहल

टोकियो । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा निजि क्षेत्रवाट पनि पहल गरिएको छ ।

वुधवार टोक्योस्थित जापानका लागी नेपाली राजदुतावासको सभा हलमा जापानी निजि कम्पनीसंग छलफल भएको हो ।

नेपाल भ्रमण वर्षको जापानमा जनवरी पहिलो साता औपचारिक उद्घाटन भएको थियो । भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ सम्पन्न भए पश्चात निजि क्षेत्रले पनि विशेष चासोका साथ गैरआवासीय नेपालीहरुले पहल कदमी गरेका छन्  ।

बीस लाख पर्यटक नेपाल भित्राउने लक्ष्य सहित अभियान सुरु गरेको सरकारको अभियानलाई विभिन्न देशमा छरिएका गैरआवासीय नेपालीहरु पनि आ-आफ्नो ठाउँबाट स्वस्फुर्त प्रचार प्रसारमा सक्रिय हुन थालेका छन् । भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानवाट जापानी पर्यटक नेपाल पठाउन समाजसेवी तथा ब्यवसायी चिरन्जिबी थापाले अभियान थालनी गर्नु भएको छ । थापाको पहलमा जापानको निहोन हाउस एण्ड रिसोर्ट ग्रुप, ओईदो होटल ग्रुप, यमियाबी कन्टयाक्सन कम्पनी,हअयर ग्रुप लगाएत बिभिन्न कम्पनीका ओनरहरुसंग भेटघाट गरि छलफल गरिएको थियो ।

पेशा र ब्यवसायमा आवद्ध जापानीहरुलाई विदाको समयमा नेपाल पठाउने उद्धेश्यले जापानका बहुप्रतिष्ठित कम्पनीका ओनरहरुलाई नेपाली दुतावास उपस्थित गराई छलफल गराएको थापाले बताउनु भयो ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको सदस्य,कोषाध्यक्ष र उपाध्यक्षसम्मको नेतृत्व गरिसक्नु भएका थापाले नेपालका मनमोहक पर्यटन स्थलहरुको बारेमा जानकारी पनि गराउनु भएको थियो । सो अवसरमा जापानका लागी नेपाली राजदूत प्रतिभा राणाले जापानीहरूलाई मायाको चीनो प्रदान गरि नेपाल भ्रमणको लागी अपील गर्नुको साथै जापानमा नेपालबाट लिउन लागेको वर्करको समेत छलफल गर्नु भएको थियो । त्यस्तै उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जापानले नेपालबाट ल्याउने भनेको कामदार र दुतावासले भिजिट नेपाल २०२० वारे गरेको योजना र प्रगति वारे जानकारी गराउनु भएको थियो ।

 

जापान लगाएत बिभिन्न देशहरुमा भ्रमण बर्षको प्रचार प्रसार भइरहदा थापाले आफ्नो क्षेत्रबाट पहल अगाडी बढाएको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया