गाउँपालिकाका अध्यक्ष ८ लाख घुससहित अख्तियार टोलीद्धारा रंगेहात पक्राउ

जाजरकोट । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो ।  प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रुपैयाँ घुस लिएको सूचना आधारमा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले गाउँपालिका अध्यक्ष केसीलाई उक्त घुससहित नियन्त्रणमा लिएको पुष्टि गरे । अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया