पोखरा । फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ बाउन्स चेक दिएको आरोपमा पक्राउ परेका छन् । गुरुङले होटेल जोस्टेललाई दुई लाख रुपैयाँको पैशा नभएको चेक दिएका थिए ।
होटेल सञ्चालक हरिभक्त आचार्यले दिएको ठगीको उजुरीमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । मिलनले गएको असोज १३ गते चेक दिएको खुल्न आएको छ। गत असोजमा सम्पन्न साग खेलमध्ये नेपाली फुटबल टिमका खेलाडीदेखि प्रशिक्षक, व्यवस्थापक सबै सोही होटेलमा बसेका थिए । यस्तै गुरुङविरुद्ध गएको आइतबार पोखरा क्रिएटिभ अवार्डका सञ्चालकले पनि हातपात गरेको भन्दै सीसीटिभी फुटेजसहित उजुरी दिएका थिए ।
यसबाहेक गुरुङले साग गेममा प्रदेश सांसद तथा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीसँग विवाद गरेको भिडियो पनि सार्वजनिक भएको थियो । यस्तै, सोही खेलमा नै स्वयंसेवकहरूलाई अपशब्द प्रयोग गरेपछि वादविवादको स्थिति समेत सार्वजनिक भएको थियो ।
गुरुङले यसअघि आफूलाई प्रदेश सासंद दिपक मनांगेलेले हातपात गरेको भनि प्रहरीमा उजुरी गरेका थिए । उनको उजुरीको आधारमा दिपक मनागें पनि प्रहरीको हिरासतमा छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया