राष्ट्रिय युवा परिषदको सक्रियता : अब हरेक वडामा युवा संसद

काठमाडौं । सरकारले सञ्चालन गरेको युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न तीन निकायबीच सहकार्य भएको छ ।

राष्ट्रिय युवा परिषद, नगरपालिका महासंघ र गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्यका सम्बन्धमा शुक्रबार समझदारी भएको हो।

सहकार्य अनुसार सरकारले स्वीकृत गरेको युवा लक्षित कार्यक्रमलाई स्थानीय स्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने र नयाँ कार्यक्रम पहिचान गरि राष्ट्रिय स्तरम प्रवर्द्धन गरिनेछ। समझदारी पत्रमा युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नगरपालिका महासंघका अध्यक्ष अशोक ब्यान्जु (श्रेष्ठ) र गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सबै स्थानीय तहको वडा स्तरमा युवा क्लब तथा परिषद गठन गरि युवालाई स्वंयमसेवाको रुपमा प्रशिक्षित गर्ने, युवाको नेतृत्व क्षमता विकासका लागि अनुकुल वातावरण तयार गर्ने र नमुना युवा संसदको अभ्यासमा सहयोग र सहजीकरण गर्ने तथा स्थानीय आवश्यकता र मागको आधारमा युवालाई स्वंयमसेवकीय काममा परिचालन गर्ने, प्रदेश र संघीय तहमा सघन रुपमा युवा परिचालनका लागि अनुकुल वातावरण तयार गर्ने समझदारी भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया