कोरोना भाइरसको संक्रमण बढेपछि चीनमा तयारी तीव्र,यसरी बच्नुस

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनले एक सातामै हजार शय्याको अस्पताल निर्माण गर्न

-चीनले वुहान राज्यमा एक सातामै एक हजार शय्याको अस्ताल बनाउन लागेको छ ।

अतिखतारनाक कोरोनाभाइरस संक्रमितको उपचारका लागि चीनले एक सातामै हजार शय्याको अस्पताल निर्माण गर्न लागेको हो।

जंगली जनावरबाट मानिसमा सरेको कोरोनाभाइरसबाट शुक्रबारसम्म चीनमा २५ जनाको मृत्यु भएको छ। चीनमा शुक्रबारसम्ममा आठ सयभन्दा बढी भाइरसबाट संक्रमित भएका सरकारी अधिकारीले जनाएका छन्।

जापानमा अर्का एक जनामा कोरोना भाईरस

-जापानमा अर्का एक जनामा कोरोना भाईरस भेटिएको छ । जापान भ्रमणमा रहेका एक ४० वर्षिय मानिसमा कोरोना भाईरसको संक्रमण भेटिएको र हाल उनलाई टोकियोमा उपचारलागि अस्पताल भर्ना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापान गत साता पहिलो पटक एक जना मानिसमा यो भाईरस भेटिएको थियो ।

कोरोना भाइरसबाट कसरी बच्ने यसको लक्षण

-ज्वरो आउने

-खोकी लाग्ने

-स्वास प्रस्वासमा अप्ठेरो हुने, स्वास फेर्न गाह्रो हुने

-छिटो छिटो स्वास फेर्नुपर्ने हुने वा छिटोछिटो स्वास लाग्ने

-ज्वरो आएको छोटो समयमै निमोनिया हुने

-निमोनिया बढ्दै गएर मृगौलाले काम गर्न

कोरोना भाईरसबाट बच्ने उपाय

-हातको सरसफाईमा ध्यान दिनुहोस् । हात सफा राख्नुहोस् ।

– कुनैपनि रोगको बिरामी हुनुहुन्छ भने मास्क लगाउनुहोला । यसबाट बिरामीलाई अन्य रोग लाग्न पाउँदैन भने आफुलाई कसैगरी कोरोना भाईरसको संक्रमण भएको रहेछ भने पनि अरुमा सर्न पाउँदैन ।

 – आफु बिरामी नभएपनि अरु बिरामी हुनसक्छन् । अरुबाट तपाईलाई रोग सर्न सक्छ त्यसैले सार्वजनिक स्थानमा जाँदा वा मानिसहरुसँग घुलमिल हुँदा मास्क लगाउनु होला ।

-हाच्छिउँ गर्दा वा खोक्दा मुख छोपेर गर्नुहोला । तपाईले वा अरुले खोक्दा वा हाच्छिउँ गर्दा संक्रमण फैलनसक्छ । किनभने मास्क लगाउँदैमा पूर्ण रुपमा संक्रमण छेक्दैन । त्यसैले भाईरसको सक्रमण फैलन नदिन रुघाखोकी लागेको वा गरिरहेको व्यक्ति नजिक नजानुहोला र आफुले पनि नगर्नुहोला ।

-अण्डा र मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र खानुहोस् ।

– माथि उल्लेखित कुनैपनि रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य केन्द्र गएर स्वास्थ्य परिक्षण गराउनुहोस् ।

-जो कोहीसँग भेट्दा अंकमाल वा हात नमिलाउनु होला ।

फेसबुकबाट तपाइको प्रतिक्रिया