नागोयामा नेपाली विद्यार्थीलाई नि-शुल्क सेमिनार सम्पन्न

नागोया । गैरआवसिय नेपाली संघ क्षेत्रिय समिती नागोया जापानको मुख्य आयोजना र नेसाजको सह आयोजनामा आयोजित तोकुतेइ गिनेउ कामदार भिजा र विद्यार्थी स्युसोकु सम्बन्धी निशुल्क सेमिनार सम्पन्न भएको छ ।

शनिबार आईचिकेन नागोयामा सम्पन्न भएको छ । उक्त सेमिनारमा जापान अध्ययन गरी सेन्मोन वा दाईगाक्को सोचुगे भै स्युसोकु गर्ने तयारीमा रहेका बिद्यार्थीहरुले कसरी कम्पनी खोजेर स्युसोकु गर्ने भन्ने बिषयमा सोही बिषयका जापनिज विज्ञ हीरोआकी सिममुराले आफ्नो बिचार ब्यक्त गरेका थिए । जापानमा बसोबास गर्ने बिदेशीहरुले जापानमा पालना गर्नु पर्ने नियम कानुनको बिषयमा मिचुहरु नाकाइसी सेन्सेइले प्रष्ट पारेका थिए । साथै भिजा सम्बन्धी परिबर्तन नियमको बारेमा पनि चर्चा गरेका थिए । हालै जापान सरकारले लागु गरेको तोकुतेइ गिनेउ कामदार भिजा सम्बन्धी बिषयलाई नोबूहिको नागासेले प्रस्ट पार्दै इच्छुक ब्यक्तिहरुले सम्पर्क गर्न सकिने वताईएको छ। विद्यार्थी भिजामा जापान आएर अध्ययन पुरा गरी हाल जापानकै युनिभर्सिटिमा प्रोफेसर रहनु भएका डा सुदीप अधिकारीले उपस्थित विद्यार्थीहरुलाई जापानमा बिद्यार्थीका अबसर र चुनौतिका बिषयमा आफ्ना भोगाइहरु राखेका थिए । जापानमा आईपर्ने कानुनी समस्याका समाधान गर्ने उपायहरु बताउदै जापानका ओकिल मिउरा काजुता सानले एक दुई नेपालीहरुले नराम्रो काम गर्दिदा जापानिजहरुको नजरमा नेपालीहरु झनै नराम्रो बन्दै गएकोले सबै नेपालीहरु सजक भएर काम गर्न पर्ने अधिकारीको धारणा थियो ।

तोकुतेइ गिनेउ कामदार भिजामा रहेर काम गर्न इच्छुक ब्यक्तिहरुलाई सहज होस् भन्ने उदेश्यले बिभिन्न तोकुतेइ गिनेउको काम गर्ने कम्पनीहरुले आ आफ्नो परिचय दिदै इच्छुक ब्यक्तिहरुले संपर्क गर्न वताएका थिए । एनआरएनए नागोया क्षेत्रिय समितिका सल्लाहकार सरोज कंडेलले जापानीज भाषामा कार्यक्रम संचालक रहेको उक्त कार्यक्रममा एनआरएनए एसिया प्रसान्त क्षेत्रका उप संयोजक पारसमणि पोखरेलले गैरआवसिय नेपालीहरुको अवस्थालाई बताउदै भिजिट नेपाल २०२० लाई लक्षित गर्दै जापानीजहरुलाई नेपाल भ्रमण गर्न अनुरोध गरिएको थियो । नेसाजका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए ।

उल्लेखनिय सहभागीता रहेको उक्त कार्यक्रम एनआरएनए जापान नागोया क्षेत्रिय समितिका संयोजक श्याम सितलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया