बलेवा सेवा समाज जापानले बलेवालीको डाटा संकलन गर्ने

टोकियो । बलेवा सेवा समाज जापानले बलेवालीको डाटा संकलन गर्ने भएको छ ।

बलेवा सेवा समाज जापानको पाँचौ कार्यकालको पहिलो बैठक आज आइतवार टोकियोको कामतामा अवस्थित शिवशक्ति रेस्टुरेन्टको हलमा बसी नयाँ कार्यसमितीलाई  तीन जना संरक्षक महेन्द्र पिसी,सेबक पिसी र राजु केसीको उपस्थितिमा शपथ खुवाउने र प्रमाण पत्र बितरण गर्ने कार्यसमेत सम्पन्न भएको छ । बैठकले केहि आचारसंहिताहरु लागु गर्नुका साथै महिला प्रतिनिधिको रुपमा महिला उपाध्यक्ष पद सिता शर्मा,प्रवक्तामा हरी रेग्मी र सल्लाहकारमा सुरेन्द्र प्रेम अनि सूर्य लामिछाने लाई मनोनित गरेको छ । त्यस्तै सचिव अर्जुन लामिछानेको संयोजकमा ४ जना को उपसमिति बनाई जापानमा भएका बलेवालीहरूको डाटा  केहि महिना भित्र संकलन गर्ने निर्णय गरेको छ। गम्भीर रोग लागि उपचार गरीरहनु भएका कलाकार सिपी पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समाज र कार्यसमिति का पदाधिकारी वाट करिव ४० हज़ार रक़म सहयोग गर्ने निर्णय भएको छ। त्यसैगरी बलेवा पैयुपाटा-८मा मूर्ति निर्माण गर्न लागियको मन्दिरको मूर्ति निर्माण को लागी कार्यसमिति बाट रक़म उठाईएको छ ।

महासचिव टिकाराम रिजाल बिमलले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष राज पौडेलले आगामी कार्ययोजना प्रस्तुत गरि पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: