गम्भीर बिरामी खड्काको लागि दोलखा समाज जापानको ७ लाख सहयोग

जापान । अध्ययनको शिलसिलामा जापान आएर गम्भीर बिरामी परेका दोलखाका एक युवकको उपचारका लागि दोलखा समाज जापानले ७ लाख भन्दा बढी रकम सहयोग गरेको छ ।

दोलखा जिल्लाको विगु गाउँपालिका ४ लादुक घर भई हाल जापानमा बिरामी रहेका अनिश खड्काको उपचारका लागि दोलखा समाज जापानले ७ लाख ८ हजार ९ सय ६६ रुपैंया आर्थिक सहयोग गरेको हो ।

जापानमा व्यवसाय गर्दै आएका दोलखा समाज जापानका उपाध्यक्ष महेश खड्काको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेर सो सहयोग जुटाइएको हो । सहयोग रकम दोलखा समाज जापानका अध्यक्ष नबराज थापाले शनिवार एक कार्यक्रमका बीच उनका बुबा भरत खड्कालाई हस्तान्तरण गर्नुभयो । यसअघि पनि अनिशको दोलखाली समाज जापानकै सहयोगमा उपचार हुँदै आएको थियो ।  खड्काको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेर ७ लाख ८ हजार ९ सय ६६ रुपैंया आर्थिक सहयोग जुटाइएको हो । यसअघि पनि अनिशको दोलखाली समाज जापानकै सहयोगमा उपचार हुँदै आएको थियो । उपचारत उनलाई ह्वाइट ब्लड सेलको कमीका कारण हुने लुकीमिया भन्ने रोग लागेको उपचारमा संलग्न डक्टरहरुले बताएका छन् ।

केही महिनादेखि बिरामी भई अस्पतालमा रहेका अनिशलाई समाजका अध्यक्ष थापा र उपाध्यक्ष खड्का स्वयम गएर अस्पतालमा भर्ना गराएका थिए । गत अक्टोबर १७ तारिखमा आफ्नै कोठामा एक्कासी ढलेर अचेत अवस्थामा रहेका उनलाई  जापानको साइतामास्थित इरियो सेन्ता अस्पतालमा पु¥याइएको थियो ।

अनिश हाल यान्ताई इलेक्ट्रोनिक्स इन्फरमेसन एण्ड बिजनेश स्कुल टोकियोमा आइटी साइन्स अध्ययन गर्दै आएका छन् ।

गम्भीर बिरामी अनिश खड्काको उपचारमा सहयोग गर्ने जापानवासी नेपालीहरुमा दोलखा समाज जापानले धन्यावाद ब्यक्त गरेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया