१२ प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपाल युरोप २०२० को उपाधि खत्रीलाई

बेल्जियम । मिस नेपाल युरोप २०२० को ताज फिनल्यान्ड निवासी निरुषा खत्रीले जितेकी छन् ।

बेल्जियमको लुभेन सहरमा आयोजित कार्यक्रममा युरोपका विभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले उपाधि जितेकी हुन । उनलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्‍याइन् । फस्ट रनरअपको उपाधि आयरल्यान्डकी संगीता थापाले जितिन् । सेकेन्ड रनरअपको उपाधि बेल्जियमकी ज्योति भट्टले हात पारिन ।

आयोजक ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकणिर्कारबीच भएको सम्झौताअनुसार मिस नेपाल, युरोपको उपाधि विजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउन्डमा सोझै प्रवेश पाउनेछिन् ।

ड्रिम्स नेपाल बेल्जियमकी अध्यक्ष योगिता थापाले पहिलो पटक आयोजना गरिएको मिस नेपाल युरोप भव्य रूपमा सम्पन्न हुँदा आफू अत्यन्त उत्साहित भएको बताइन् ।

कार्यक्रममा युरोपका विभिन्न देशका प्रतिस्पर्धीले भाग लिएका थिए । गैरआवासीय नेपाली संघको महिला विभागसँगको सहकार्यमा युरोपमा अडिसन गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया