१० अर्ब लगानी भित्र्याउन प्रक्रिया अघि बढिसक्यो : अध्यक्ष पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले १० अर्ब लगानी भित्र्याउने प्रतिवद्धता अनुसार प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ ।

१० अर्बको कोषमा सरकारले पनि ५० करोड लगानी गर्ने त्यो कसले गर्ने भनेर विभिन्न मन्त्रालयमा फाइल घुमिरहेको छ । हामी छिटो यसलाई फाइनल गर्दिनुस् भनेर अर्थ र उद्योगमा भनेका छौं अध्यक्ष पन्तले भन्नुभएको छ ।

अध्यक्ष पन्तले थप्दै भन्नुभयो, यो प्रक्रिया टुंग्याइदिएपछि हामी फण्ड संकलन गर्न लाग्छौं । त्यसमा मैले अर्थमन्त्री र उद्योगमन्त्री र सचिवसँग पनि कुरा गरेको छु । हामी प्रतिवद्धताअनुरुप १० अर्ब रुपैयाँको लगानी भित्र्याउन सक्छौं । ठूला आयोजनामै लगानी गर्ने हो । मुलुकमा पुँजी ल्याउने कुरामा त गैरआवासीय नेपालीहरु एकदमै सक्षम भयौं । ठूला ठूला अस्पताल, ठूला होटल, बैंक र हाइड्रोपावरदेखि पर्यटनमा ठूलो लगानी गैरआवासीय नेपालीको छ । नेपालमा लाखौं रोजगारी पनि सिर्जना गरिराखेको छु, पन्तले  भन्नुभयो । यति हुँदाहुँदै पनि मुलुकको अर्थतन्त्रका कारणले दैनिक रुपमा युवाहरु विदेशिने क्रम रोकिएको छैन । गैरआवासीय नेपाली संघ शुरुमा स्थापना हुँदा पनि हामीले के भनेका थियौं भने हामीले विदेशमा हुँदा सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा ल्याउँछौं भनेका थियौ, अध्यक्ष पन्तले भन्नुभयो । यो पुँजी भन्दा पनि ठूलो कुरा प्रविधि रहेछ भन्ने चासो एनआरएनले लिएको छ । डेढ वर्षअघि हामीले जुन सम्मेलन गरेका थियौं, त्यो निकै सफल भयो । झण्डै पाँच सय हाम्रा गैरआवासीय नेपाली साथीहरु त्यसमा सहभागी हुनुभएको थियो । उहाँहरुले यो अभियानमार्फत आफूले सिकेको ज्ञान, सीप र प्रविधि मुलुकको समृद्धिका निम्ति हस्तान्तरण गर्न चाहान्नुहुन्छ । यसमा परराष्ट्र मन्त्रालयले पनि विशेष चासो देखाएको छु,  पन्तले भन्नुभएको छ ।

अस्तिमात्रै पनि परराष्ट्र मन्त्रालय र योजना आयोगसँग कुरा गरिसकेपछि फेरि ज्ञान सम्मेलन गर्नुपर्‍यो भन्ने कुरा आएको छ । हाम्रा पाएको ज्ञान, सीपलाई नेपालमा लगानी गर्न चाएको बताउनु भयाृ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया