आदिवासी जनजाति महासंघ नेपालको एकता घोषणा,संयोजकमा मगर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ संगठन आदिवासी जनजाति महासंघको एकता घोषणा‚ पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् ।

तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेकपा (माओवादी केन्द्र)को आदिवासी जनजाति राष्ट्रिय महासंघबीच एकता भई बनेको आदिवासी जनजाति महासंघ निर्माण भएको थियो,महासंघको संयोजकमा सुरेश आले मगर र र सहसंयोजकमा शेरबहादुर तामाङ रहेका छन् । २६१ सदस्यीय केन्द्रीय समितिमा पार्टीका केन्द्रीय सदस्यदेखि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरु समेत रहेका छन् ।

संयोजक आले मगर संविधानसभा सदस्य हुन् भने सहसंयोजक तामाङ पूर्वकानुन तथा संसदीय मामिला मन्त्री हुन् । यस्तै, महासंघका केन्द्रीय सदस्य श्रीप्रसाद जगेबु पूर्वराज्यमन्त्री हुन् । उनले संघीय मामिला तथा स्थानीय विकास र पशुपंक्षी विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

केन्द्रीय सदस्य रहेका किरण गुरुङ गडण्की प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हुन् । उनी यसअघि केन्द्रीय सरकारको मन्त्री भइसकेका हाइप्रोफाइलमा पर्ने व्यक्ति हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया