एनआरएनए जापानले शुल्क फिर्ता गर्ने,फेव्रअरी २ सम्म रसिद बुझाउन आग्रह

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का जापान बैठकबाट एनआरएनए अन्तराष्ट्रीय समन्य परिषद् (आईसीसी ) ९औं विश्व सम्मेलन तथा अधिवेशनमा प्रतिनिधि जानको लागि प्रतिनिधि शुल्क बुझाएता पनि एनआरएनए जापानले तोकेको मापदण्ड नपुगी प्रतिनिधि बन्न नपाएका सदस्यको उक्त शुल्क फिर्ता गर्ने भएको छ ।

सोमवार बैठकले टोक्योमा उक्त शुल्क फिर्ता गर्नका लागी कोषाध्यक्ष कालिका थापाको संयोजकत्वमा अनिता गुरूङ,नबिन निउरे,सिद्धार्थ श्रेष्ठ,सचिन श्रेष्ठ पाँच सदस्य कार्यदल बनेको छ ।

उक्त कार्यदलले शुल्क जम्मा गर्नु हुने सदस्यहरूलाई आफ्नो जम्मा भएको शुल्कको रसिद वा पासबुक अपडेट गरि फ़ोटो कपि एनआरएनए जापानका कार्यसमिती सदस्यहरूलाई म्यासेन्जर,भाईवर वा अन्य माध्यमबाट ईनबक्समा फेव्रअरी २ सम्ममा जानकारी गराउनु हुन अनुरोध समेत गरेको कुरा प्रवक्ता सिद्धार्थ श्रेष्ठ बताउनु भयो ।

एनआरएनए आईसीसीको अधिवेशन असोज २८ देखि ३० सम्म काठमाडौंमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया