एनआरएनए जापानद्धारा विभिन्न क्षेत्रका बिज्ञहरु समेटेर उच्च स्तरीय समिति गठन

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले जापान स्थित विभिन्न क्षेत्रका बिज्ञहरुसंग छलफल गरि उच्च स्तरीय समिति गठन गरेको छ ।
एनआरएनए जापानले गत नोभेम्बर २४ तारिकमा परिषदको दोश्रो नियमित बैठकले पारित गरेको निर्णय अनुसार उक्त उच्च स्तरीय समितिको गठन गरिएको हो । बिभिन्न विषयका विषय बिज्ञ रहने उक्त समितिको मर्यादाक्रम एनआरएनए जापानको सल्लाहकार परिषद भन्दा माथी रहने प्रबधान रहेको छ ।

समितिको प्रमुख काम र कर्तब्यहरुमा नेपाल सरकारका राष्ट्रिय नीति तथा कार्यक्रममा सल्लाह र सुझाव दिनको निम्ति अन्तराष्ट्रिय समन्वय परिषदले गठन गरेको बिज्ञ समितिलाइ सहयोग गर्ने,एनसीसी जापानलाई बिभिन्न नीति निर्माण,शिप,ज्ञान सम्बन्धी आवश्यक सुझाव र सहयोग गर्ने रहेको छ । जापानस्थित बिभिन्न प्रान्तमा कार्यरत बिज्ञहरुलाई एक ठाउँमा जोडेर स्थापना गरिएको यो समितीले केही सदस्य थप गरि केहि समयमै आगामी कार्य योजना बनाउने जनाएको छ । समितीको पहिलो बैठकमा बिज्ञहरुले महिला बिज्ञ र टोकियो बाहिरबाट पनि बिज्ञहरु र फरक फरक बिधाका बिज्ञ सहभागिता गराउनु पर्ने भएको छ ।

उक्त उच्च स्तरीय समिति र कार्यसमितिको समन्वय र आवश्यक सहयोगको लागी समितिको समन्वयकर्ताको जिम्मेवारी एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीलाई दिएको छ । बैठक परिषदका अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको थियो भने, बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ,कोषाध्यक्ष कालिका थापा र सदस्य श्याम खड्काको उपस्थिति थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया