जापानमा नेपाली विद्यार्थीद्धारा फोटो र वृत्तचित्र प्रदर्शनी

नायोया । योक्काइची विश्वविद्यालयमा मिडिया  र भिडियोग्राफी बिषयमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले ४ बर्षे पढाईको अन्तिम चरणमा स्नातक थेसिसको रुपमा फोटो तथा  वृत्तचित्र प्रर्दशनी गरेका छन ।

जनवरी २८ मा जापानको मिए प्रान्तको योक्काइची शहरस्थित योक्काइची विश्वविद्यालयमा नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य तथा फोटो पत्रकार समेत रहेका निशान रानाले नेपाल र जापानको विभिन्न ठाउँमा खिचेका प्राकृतिक सौन्दर्यताका साथै प्रकृतिको साहारामा बाच्ने जिबजन्तुका फोटाहरू प्रदर्शनीमा राखेका थिए ।  उक्त फोटो प्रर्दशनीमा नेपालको पोखराको डेविस फल्स (पातले छाँगो ), माछापुछ्रे  हिमालका साथै स्याङ्ग्जाका खहरे झर्ना लगाएतका फोटाहरू राखेका थिए भने जापानको केउतो ,कानागवा ,गिफु ,आईची र मिए प्रान्तको बिभिन्न ठाउँमा खिचेका फोटो गरी २४  फोटो प्रर्दशनीमा राखेका थिए । बुझ्नलाई सजिलोको लागी फोटो क्याप्सन भने अँग्रेजी र जापानी भाषामा राखिएको थियो । उक्त प्रर्दशनीको अवलोकन पश्चात भने केही जापानी नागरिकहरु नेपाल घुम्न जाने रुचि गरेको रानाले मातृ सन्देश डट कमलाई जानकारी दिए ।

मिडिया बिषयमा अध्ययनरन अर्का नेपाली बिद्यार्थी  युबराज आचार्यले भने  नेपाली विद्यार्थीहरुको जापान सपना ”जापन ड्रिम्स ”नामक , वृत्तचित्र,  प्रस्तुत  गरेका  थिए ।  उक्त वृत्तचित्रमा नेपाली बिद्यार्थीहरुको जापान प्रतिको अपेक्षा , समस्या ,संघर्ष र अवसर बारेको  वास्तविक घटनाको चित्रण गरिएको थियो । अर्का बिद्यार्थी  रबि गिरिले आफुँले राम्रो गरे जे पनि राम्रो गर्न सकिन्छ  “दु  युअर बेस्ट यु क्यान दु एनिथिङ नामक ”वृत्तचित्र,  प्रस्तुत गरेका थिए ।  साथै मनमाया अधिकारी क्षेत्रीले भने नेपाल र जापानको प्रारम्भिक बाल बिकासको बारेको भिडियो प्रस्तुत गरेका थिए ।

त्यसैगरि श्रीलंकाका बिद्यार्थी आतोपात्तोउ पबित्राले महत्वपूर्ण कुरा हराउनु अगाडि “दाइजीना मोनो ओ उशिनाउ माएनी “को ड्रामा भिडियो गरेका थिए साथै भियतनामका बिद्यार्थी कावो होप्पुले भने भियतनामको बांसुरी साओ  को धुनमा रमणिय शिन राखि भिडियो गरेका थिए साथै जापानी विद्यार्थीहरु हिनो कावोन , होनोका  नोरो,यासुदा रीसा ,हीरोसे मासानोरी ,तानिदा आकाने ,इकेदा इस्से ,हासेगावा सोऊले पनि आआफ्ना प्रस्तुती दिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया