काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बुधवारबाट सुरु बैठक समुहगत रुपमा छलफल भइहरेको छ।
दोस्रो दिन बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको पार्टीको विधानको विषयमा छलफल जारी छ । नेकपाको केन्द्रीय सदस्यमा ठूलो टोली भएकाले १५ समूहमा विभाजन गरेर तीन ठाउँमा छलफल भइरहेको छ । राष्ट्रियसभागृह, पार्टी कार्यालय धुम्बारही र पेरिसडाँडामा छलफल भइरहेको छ। राष्ट्रिय सभागृहमा ८, धुम्बारहीमा ३ र पेरिसडाँडामा ४ समूहको छलफलमा छन् । राजनीतिक प्रतिवेदन, सांगठानिक र विधान संशोधन प्रस्तावमाथि छलफलमा जुटेका छन्। नेपाल–भारत सीमा विवाद,अमेरिकी सहयोग एमसीसी, यती प्रकरण, सरकारका कमजोरी र पार्टी एकताका बाँकी कामका विषयमा पनि छलफल भइरहेको नेकपाको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिनुभयो । बिहीबारबाट सुरु भएको छलफलको शुक्रबार १ बजे सबै समूहले निष्कर्ष दिनुपर्ने भएको छ ।
समूहमा भएको छलफलबाट निष्कर्ष निस्केपछि त्यसलाई बैठकमा राख्नका लागि समूहले नेता चयन गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया