जापानको एक रेष्टुरेण्टमा २ भारतीय नागरिक मृत अवस्थामा फेला

टोकियो । जापानको एक रेष्टुरेण्टमा २ जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।

बुधवार बिहान रेष्टुरेण्टमा २ जना भारतीय नागरिकमृत अवस्थामा फेला परेका हुन ।

टोकियोको ओताकुको नाखारोकुगोस्थित तान्सेन भ्यु नामक ईन्डियन नेपाली रेष्टुरेण्टमा २ जना भारतीय नागरिक जस्तो देखिने दुई व्यक्ति मृत फेला परेका थिए ।

अन्दाजी ४० वर्ष उमेरका दुई रेष्टुरेण्टभित्र मृत भेटिएका हुन् ।  स्थानीय एक महिलाले पसल भित्र मानिस ढलिरहेको आशंकासहित प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा पुगेको थियो । प्रहरी घटना स्थलमा पुग्दा दुबै जना मृतअवस्थामा रहेका थिए । ति दुई मानिसहरु रेष्टुरेण्टको स्टेर साईजमा एक जना र रेष्टुरेण्टकै टेवुल जोडेर अर्का सुतेको समाचारमा उल्लेख छ ।   टोक्योस्थित कामता प्रहरीका अनुसार कोठामा कार्बनमोनो अक्साईडको मात्र अधिक रहेको थियो । यसका साथै नान बनाउने चुल्हो तन्दुरी मा पनि आगो बलिरहेको थियो ।

यी सबै दृश्यहरुको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु निस्सासिएर मरेको हुनसक्ने आशंक्का गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

@स्रोत : माईनिची दैनिक

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: