वुहानमा रहेका नेपालीलाई चार्टर विमानबाट उद्दार गर्न सरकारको तयारी

बेइजिङ । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई नेपाल सरकारले उद्दार गर्ने भएको छ ।

बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारको तयारी छ ।

यसका लागि दूताबासको फारम भरेर दूतबासमा इमेल गर्न समेत आग्रह गरिएको छ । यस्तो फरम २ फेब्रअरी ९ को ९ बजेसम्म दूताबासलाई beijing@nepalembassy.org.cn मा इमेल गरिसक्नुपर्नेछ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित वुहानमा एक सयभन्दा बढी नेपाली भएको बताइएको छ ।

पछिल्लो समय अरु देशले पनि वुहानमा रहेका आफ्ना नागरिकको उद्दार गरेको छ । त्यहाँ रहेका नेपालीहरूले पनि सरकारसँग सहयोग मागेपछि काठमाडौंस्थित चिनियाँ दूताबासले नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया