नेपाली युवा बक्सर प्रचण्ड “डाईनामिक ग्लोव“बक्सीङमा बिजयी

टोकियो । फेरी एक नेपाली युबा बक्सीन्ग खेलाडी प्रचण्ड केसीले राजधानी टोकियोको कोउराकुएन हलमा भएको “डाईनामिक ग्लोव “ शिर्षकको बक्सीङ भिडन्तमा जापानीज खेलाडी आईहारा (बर्ष २६)लाई रिङमा पराजीत गरी नेपाली युवा बक्सर प्रचण्ड (बर्ष २४)बिजयी भएका छन् ।
तीन चरणको संघर्षपूर्ण खेलको अन्तिम समयमा जापानी खेलाडीमाथी मुक्का प्रहार गरेर रिङमा ढाल्दै प्रचण्डले नेपाली झण्डा फहराएका थिए ।
५३.५ किलो तौल समुहमा भएको भिडन्तमा रिङ बाटै प्रचण्डले नेपाल भ्रमणबर्षको समेत प्रचार गरेका थिए ।
प्रचण्डले नेपाल भ्रमणबर्ष२०२० लेखिएको टिसर्ट लगाएर रिङबाटै सयौं जापानीमाझ नेपाल भ्रमणबर्षको प्रचार गरेका हुन् ।
पाँच सय बढी जापानी र सयको हाराहारीमा नेपालीहरुले उपस्थीती जनाई उनलाई साथ र समर्थन दिई हौसला बढाएका थिए । उक्त खेलको जापानीज टिभी च्यानल Japan tv cs g+ टेलिभिजन च्यानले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।
खेलमा बिजयी भएसँगै प्रचण्डले आफुलाई हलसम्म आएर साथ र सहयोग गर्ने जापानवासी नेपाली दाजुभाई दिदीबहीनी हरु र बिभीन्न माध्यमबाट हौसला प्रदान गर्नुहुने सबैमा धन्यवाद व्यक्त गरे ।
खेल माध्मबाटै जापानमा नेपालको नाम अझै चम्काउदै जाने र भबिष्यमा पनी निरन्तर सहयोग साथ र सपोर्टको आशा राखेको बताए ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: