अब लाखौं मोबाइल फोनमा ह्वाट्स्एप नचल्ने

फेसबुकको स्वामित्वमा रहेको सन्देश आदानप्रदानका लागि विश्वभर प्रयोग हुने ह्वाट्सएप अब लाखौं स्मार्टफोनमा नचल्ने भएको हो ।

पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको ह्वाट्स्एपले काम गर्नेछैन ।

ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताको गोपनियताको सुरक्षा गर्नका लागि यो आवश्यक कदम भएको बताएको छ ।

यो कदमबाट एन्ड्रोइड २.३.७ र आईओएस ८ वा तीभन्दा पुराना प्रणाली भएका फोनहरू प्रभावित हुनेछन् ।

ह्वाट्स्एपले असंगत मानेका पुराना प्रणालीहरू हिजोआज नयाँ फोनमा हालिएको हुँदैन ।

ह्वाट्स्एप चलाउन अधिकांश प्रयोगकर्ताले आफ्नो मोबाइलको अपरेटिङ सिस्टम अद्यावधिक गर्न सक्छन् ।

तर आईओएस ८ मात्र स्वीकार्ने आईफोन फार एस जस्ता निश्चित फोनमा सो एप नचल्ने भएको छ ।

सीसीएस इन्साइट्का विश्लेषक बेन वुडका अनुसार आफ्नो सेवा सुरक्षित रहेको सुनिश्चित गर्न ह्वाट्स्एपसँग योबाहेक अरू कुनै विकल्प थिएन ।

पछिल्लो एक दशकमा सर्वाधिक डाउनलोड भएका एपमध्ये चौथो स्थानमा परेको ह्वाट्स्एपले सन् २०१७ मै आफ्ना प्रयोगकर्तालाई सम्भावित परिवर्तनबारे सूचना दिएको थियो ।

कम्पनीका प्रवक्ताले भनेका छन्, ‘हाम्रो लागि यो कठिन निर्णय थियो, तर ह्वाट्स्एप प्रयोग गरेर इष्टमित्र, परिवार र आफन्तसँग सम्पर्कमा रहन मानिसहरूलाई राम्रो स्थिति उपलब्ध गराउन सही निर्णय पनि ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया