टोक्योमा पर्यटन वर्ष २०२० को प्रवर्द्धनको लागि दूतावासले गर्‍यो र्‍याली

जापान । टोक्योमा पर्यटन वर्ष २०२० को प्रवर्द्धनको लागि जापानको लागि नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूको सहकार्यमा र्याली गरेकोछ ।

फ़ेब्रुअरी २ तारिख आइतवार राजदूत निवास टोक्योको मेगूरोमा एक औपचारिक कार्यक्रम पश्चात भिजिट नेपाल २०२० को प्रोमोशन र प्रचारप्रसार गर्ने उद्देश्यले टोक्योको हाराजुकु पार्कबाट ब्यस्त शहर सिबुयाको सडकमा  र्‍यालीले एक राउण्ड लगाएको थियो ।  जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपाल सरकारले २०२० लाई  नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने अभियानलाई सबै नेपालीहरुले सहयोग र टेवा पुर्‍याउन अपिल गर्नुभयो ।

विदेशमा बस्ने सबै नेपाली अवैतनिक दूत भएकोले जापानबाट पनि सक्दो पर्यटक पठाउन सबैले आ९आफ्नो तर्फबाट पहल र भूमिका निर्बाह गर्न राजदूत राणाले जापानबासी नेपालीहरुलाई आग्रह गर्नुभयो ।  नेपाली

राजदूतावासले वर्षभरिनै जापानका विभिन्न सहरमा प्रवर्द्धनात्मक कार्यक्रमहरु गरिने राजदूत राणाले बताउनुभयो ।

नेपनली राजदूताबास जापानको आयोजनामा राजदूत निवासमा भएको औपचारिक कार्यक्रममा नेपाल भ्रमण वर्षका प्रवर्द्धनात्मक सामग्रीहरु वितरण गरिएको थियो । कार्यक्रममा भिजिट नेपाल अंकित टिसर्ट,नेपालका पर्यटकीय स्थलका जानकारीमुलक पोष्टर, पर्चा, गाइडबुक लगायत सामग्रीहरु वितरण गरिएको थियो ।

राजदूत निवासमा भएको औपचारिक समारोह पश्चात टोकियोको शिबुयामा र्‍याली गरी नेपाल भ्रमण वर्षको प्रचारप्रसार र्‍यालीमा राजदूत राणा,कर्मचारी,ब्यवसायी, विद्यार्थी तथा मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।

सरकारले गत जनवरी महिना औपचारिक रुपमा घोषणा गरेको नेपाल भ्रमन वर्ष २०२० को विदेहस्थित नियोगहरुमा पनि औपचारिक  घोषणासंगै प्रचारप्रसार कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया