
टोकियो । बलेवाली हास्य कलाकार ,साथै फिल्मीप्रोड्युसर सिपी पौडेललाई बलेवा सेवा समाज जापानले रु ५०हजार सहयोग गरेको छ ।
बिरामी पौडेलको लागी जापानबाट संकलन भएको रकम हस्तान्तरण गरिएको अध्यक्ष राज पौडेलले जानकारी दिनुभयो। समाजले यो सहयोग पाचौ कार्यसमितिको पहिलो सहयोग हो । बिरामी पौडेलको उपचार लागी उठाएको रकम आज मंगलवार वलेवाली स्थानीय कलाकार लोकगायक शिवम केसीले हस्तान्तरण गर्नुभएको छ । संस्थाका सल्लाहकार सरेन्द्र प्रेमको पहलमा उक्त रकम समीतीबाट जम्मा गरिएको थियो। कलाकार पौडेल,स्वासप्रस्वास सम्बन्धी र निमोनीयाको कारण कोपुण्डल स्थित सर्बाङ अस्पतालमा भर्ना हुनुभएको छ ।
पौडेलको मोटोपना अत्यन्तै बढी भएको कारण अक्सिजनको मात्रा निकै कम भई केहि समयअघिबाट उपचाररत छन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया