जापान । धादिङ समाज जापान क्षेत्रिय समिति नागोयाको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
दोश्रो अधिबेशनबाट अध्यक्षमा प्रमिला तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
आईतबार सम्पन्न भएको धादिङ समाज जापान क्षेत्रिय समिती नागोयाको दोश्रो अधिबेशनबाट अध्यक्षमा तिमल्सिना सर्बसम्मत चयन हुनु भएको हो । तिमल्सिनाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा नबिन कुमार श्रेष्ठ,सचिबमा लक्ष्मी रेग्मी, सह–सचिबमा पवन श्रेष्ठ,कोषाध्यक्षमा कुलदीप बसौला चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रमेश श्रेष्ठ, इश्वरी अर्याल, सिपी जम्कटेल,सन्तोष भुजेल,अमृत कंडेल,सुबाश खकुराल रहेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया