एनआरएनए जापान कान्साईद्धारा रंगशाला निर्माणका लागि ३ लाख सहयोग

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको क्षेत्रिय समिति कान्साईले नेपालकै गौरवको परियोजना रहेको गौतमबुद्ध क्रिकेट रङगशाला निर्माणका लागि ३ लाख रुपैँया सहयोग गरेको छ ।

रंगशाला निर्माणार्थ अर्थसंकलन गर्ने उद्देश्य सहित  लगाईएको   श्रीमद्भभावगत महापुराण एवं धनधान्याचल महोत्सव २०७६ को अवसरमा सो रकमको  आर्थिक सहयोग गरेको एनआरएनए जापान क्षेत्रिय समिति कान्साईका संयोजक कृष्ण गैरेले जानकारी दिनुभयो। एनआरएनए जापानको क्षेत्रिय समिति कान्साईद्वारा धुर्मुश सुन्तली फ़ाउण्डेशनद्वारा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाको लागि सहयोग रकम हस्तान्तरण कार्यक्रम “ लेखेको ब्यानर सहित रकम हस्तान्तरण कार्यक्रममा उप(संयोजक हरि कंडेल,सल्लाहकार तथा अभिभावक राजु गैरे,मानार्थ सदस्य दिलीप कंडेल,सामाजसेवि नर नारायण कंडेल, समाजसेवि टिकाराम खरेल ,विन्दु कंडेल तथा सिता खरेलले आफ्नो उपस्थित जनाउनुभएको थियो। यस कार्यक्रमलाई सफल बनाउन समुन्द्र अर्याल  र मदन मणि कंडेलले आ(आफ्नो भुमिका खेल्नु भएकोमा संयोजक कृष्ण गैरे तथा उप(संयोजक हरि कंडेलले उहाहरूलाई विशेष आभार प्रकट गर्नु भएको थियो।

एनआरएनए कान्साईले विभिन्न समयमा विभिन्न ठाउमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि अवस्था हेरि सहयोग गर्ने कुरा स्मरण गराउदै उप-संयोजक तथा हाल कार्यवाहक संयोजक दिलीप शर्माले यसपाली गौतमबुद्ध क्रिकेट रङगशाला निर्माणका लागि सहयोग गर्ने प्रस्ताप अघि सारी कार्यसमिति तथा सल्लाहकार समितिसंग परामर्श गरि निर्णय गरेपछि कोषाध्यक्ष विष्णु सापकोटाले एनआरएनए कान्साईका सचिव सुरेश सापकोटालाई  सम्पर्क गरि रकम नेपाल पठाउनु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया