दिपिन साहानीको ‘कालो कौवा करायो’ म्यूजिक भिडियो सार्बजनिक

जापान । कानुनविद,राजनितिज्ञ तथा लोक दोहोरी गायक दिपिन साहानीको नयाँ गीत कालो कौवा करायो गीत सार्वजनिक भएको छ ।

कालो कौवा करायो गीतले नेपाली लोकदोहोरी क्षेत्रको बजार अहिले निकै तातेको छ । यस गीत श्रोता दर्शकको मन जित्न सफल पनि भएका छन ।

गायक साहानी र लोकप्रिय गायिका लक्ष्मी मल्लको सुमधुर आवाज रहेको उक्त गीतमा लय शब्द दिपिन साहानीको रहेको छ भनें गीतको एरेञ्ज बहुचर्चित म्युजिक एरेञ्जर आशिष अविरलको रहेको छ । गीतको भिडियोमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफ गरेका छन । त्यस्तै भिडियोको सम्पादन विष्णु शर्माको रहेको छ । गीतमा निष्ठुरी मायालुले छोडेका कुरा कता कता हराएको भाव प्रस्तुत भएको छ । सर्जक तथा गायक साहानीले यस भन्दा अगाडी ५ वटा गीती एल्वम बजारमा पस्किसकेका छन ।

 

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया