नेपालमा बर्सेनि २० हजारले क्यान्सर रोगको कारण अकालमा ज्यान गुमाउँदै

काठमाडौं । प्रत्येक वर्ष २० हजारले क्यान्सर रोगकै कारण अकालमा ज्यान गुमाउँदै आएका छन् । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलका अनुसार नेपालमा सूर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदूषण, अत्यधिक मात्रामा विषादी प्रयोग र आधुनिक जीवनशैलीका कारण मृत्युदर बढिरहेको छ ।

उनले ३० देखि ५०प्रतिशत क्यान्सर खानपान र जीवनशैलीका कारण लाग्ने बताए । ‘यसअलावा सूर्तीजन्य पदार्थबाटाटाढा बस्नुपर्छ,’ उनले भने, ‘क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले ज्यान गुमाइरहेका छन् ।’ नेपालमा क्यान्सर लागेपछि बाँच्न सकिँदैन भन्ने भ्रम रहेको उल्लेख गर्दै उनले सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्नसके निको हुने दाबी गरे ।
‘उपचार खर्च कम हुने र प्रभावकारिता बढी हुँदा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ,उनले थपे । उनले महिलाको पाठेघरको क्यान्सर मुख्य समस्या देखिएकाले ४० वर्ष नाघेका महिलाले अनिवार्य पाठेघर जाँच गराउन सुझाव दिए । राजधानी दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: