टोकियो । सत्तारुढ़ दल नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा) प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा हवलचन्द्र लामा र सचिवमा सालिकराम भण्डारी चयन हुनु भएको छ ।
नेकपाले बिहिबार प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान र जन प्रगतिशिल मञ्च जापानविचको एकिकरणको लागि नेतृत्व टुङ्ग्याएको हो । दुई संगठनको एकताबाट प्रवासी नेपाली एकता मञ्च(ओएनयुएफ) जापान हुने भएको छ ।
प्रवासी नेपाली एकता मञ्च जापानमा पूर्व एमालेवाट सचिव सालिकराम भण्डारीसहित सिद्धार्थ श्रेष्ठ ,बाबुराम भण्डारी,राजकुमार पण्डित ,राजेन्द्र श्रेष्ठ, कुलचन्द्र खरेल, सुरेश केसी,पर्शुराम बस्नेत ,विकास पौडेल ,पशपति गिरी,मोहनसिंह रायमाझी,अनु थापा ,अशोक चन्द्र भण्डारी , महेन्द्रकुमार अधिकारी ,गम्भिरजंग बस्नेत ,तुलसी पाठक,हरी लामिछाने गरि १७ जना छनौट हुनु भएको छ भने पूर्व एमाओवादी केन्द्रबाट अध्यक्ष हवलचन्द्र लामासहित बेलकाजी थाप ,हर्क थापा ,भवानी पन्त ,अरुण श्रेष्ठ ,मोहन पौडेल ,श्यामहरी पाण्डे ,बाबुराम पौडेल ,जनक सुवेदी ,श्रवण सत्याल ,रामण भण्डारी ,विश्वेश्वर रेग्मी ,कालिका थापा ,सजिना मोक्तान ,नरबहादुर थापा ,दावा शेर्पा ,अर्जन ढकाल ,विनुका खड़का गरि १८ जना छनौट हुनु भएको नेकपा प्रवास समन्वय कमिटीले जनाएको छ ।
हालसम्म नेकपाको ३५ देशमा प्रवास संगठन सक्रिय छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया