काठमाडौँ । तीन सातादेखि चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ । बिहीबार मात्रै चीनमा ७३ जनामा मासिको ज्यान गएको र ३ हजार एक सय ४३ जना संक्रमित भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ ।
चीनमा सो भाइरसबाट सोमबार ६४, मंगलबार ६६, बुधबार ७३ तथा बिहीबार पनि ७३ जनाको ज्यान गएको हो ।
यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा एक र हङकङमा एक जनाको ज्यान गइसकेको छ।
चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा २ सय १ जना संक्रमित भएका छन्।
यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनमा रहेका एक सय ८० जना नेपालीलाई नेपाल फर्काउँदै छ।
सरकारले ती नेपालीलाई काठमाडौँ ल्याएर छुट्टै राख्ने ठाउँको टुँगो लगाएको छ भने २ विमान तयारी अवस्थामा राखेको छ।
उनीहरुलाई दुई साता छुट्टै निगरानिमा राख्न शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, कृषि तालिम केन्द्र सूर्यविनायक र भक्तपुरस्थित खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थान छनोट गरेको छ ।
बिहीबार मात्रै छिमेकी मुलुक भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ ।
उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको मृत्यु
फेसबुकबाट तपाइको प्रतिक्रिया