अनुशासन तथा इमान्दारिता फौजको गहना : महानिरीक्षक खनाल

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहीबार आयोजित कार्यक्रममा उनले दज्र्यानी चिह्न प्रदान गरेका हुन्। बुधबारको मन्त्रिस्तरीय निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्य, वंशीराज दाहाल, हरिशङ्कर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नतिभएका हुन् ।

सो अवसरमा महानिरीक्षक खानालले अनुशासन तथा इमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै उनले आआफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व बहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवामा सक्रिय रहनसमेत निर्देशन दिए । रासस

फेसबुकबाट तपाइको प्रतिक्रिया