एनआरएनए जापानको सक्रियतामा नेपाल पर्यटन वर्ष २०२० को प्रचारप्रसार


जापान । नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्धेश्यले जापानमा गैरआवसीय नेपालीहरुले प्रचारप्रसार गरेका छन ।

टोक्योको ब्यस्त शहर ईकेबुकुरो स्टेशनस्थित ग्लोबल रिंग पार्कमा दुई दिने फेब्रुअरी ८ र ९ तारिख सम्पन्न एशियन फेष्टिवलमा नेपालको कला संस्कति र पर्यटकीय स्थलको प्रचार गरिएको हो ।

एसियाका बिभिन्न देशको कला संस्कृतिसंगै नेपालका बिभिन्न जातजातीका कला संस्कृति प्रस्तुति गर्नुका साथै स्टल लिई भिजीट नेपाल २०२० को प्रचार सामाग्री बितरण गर्ने काम समेत गरिएको थियो । जापानमा रहेको गैरआवसीय नेपाली संघका अग्रजहरु साथै विभिन्न पेशा ब्यवसायीमा आवद्ध नेपालीले भिजीट नेपाल २०२० लेखेको प्रचा लगाएत सामाग्री वितरण गरेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट एनआरएनए जापानको सहभागीतामा बरिष्ठ उपाध्यक्ष अनिता गुरूङले संयोजक्ता गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया