टोकियो । शेर्पा संघ जापानले ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघ जापानले नेपालका हिमाली सामुदयको मुख्य पर्ब ग्याल्बो ल्होसारलाई भब्य रुपमा मनाउने तयारी गरेको हो ।
बौद्ध धर्मावलम्बीको नयाँ बर्ष २१४७ च्याक फो चिवा लो ग्याल्बो ल्होसारलाई अविश्मरणीय र मनोरञ्जनपुर्ण बनाउन शेर्पा संघ जापान तिब्र तयारीमा जुटेको छ । मार्च १ तारिखका दिन तय गरिएको ग्याल्बो ल्होसार बिशेष साँस्कृतिक कार्यक्रममा शेर्पा परिकार र शेर्पा सँस्कृतिको अवलोकन गर्न सकिने आयोजक संस्था शेर्पा संघ जापानले जानकारी गराएको छ । कार्यक्रममा जापानमा रहेका नेपाली कलाकारहरुले बिभिन्न नेपाली संस्कृति झल्कने नृत्य तथा गित संगीतहरु प्रस्तुत गर्नेछन भने शेर्पा संस्कृतीसंग सम्बन्धित दर्जनौ प्रस्तुतिहरु पनि रहने जनाएको छ । कार्यक्रमको अन्तमा डीजे सेसनले कार्यक्रमलाई थप सांगीतिक माहौल प्रदान गर्ने छ । कार्यक्रम टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा हुनेछ । बिहान ११ बजे देखि साँझ ६ बजेसम्म हुने कार्यक्रममा सहभागी हुने सबै जापानबासी शेर्पाहरुलाई आफ्नै भेषभुषामा उपस्थित भईदिन शेर्पा संघले बिनम्र अपिल गरेको छ ।
कार्यक्रममा जापानस्थित बिभिन्न नेपाली संघ संस्थाका पदाधीकारी,शेर्पा तथा गैरशेर्पा सबै जापानबासी नेपालीहरुलाई निमत्रणा गरिने जानकारी शेर्पा संघ जापानले जानकारी दिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया