
सोमबार ललितपुरको सानेपामा पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा उनकै निवासका कामदार दाङ स्थायी घर भएका विजय चौधरीको संम्लग्नता देखिएको छ ।
विजय छ बर्षदेखि सोही घरमा काम गर्दै थिए तर सोमबार किन एक्कासी मालिक्नीको हत्या गरेर आत्महत्या गरे त्यसको पछाडि प्रहरीले लागेको छ ।
अनुशन्धानमा खटिएका डिएसपी सन्तोष तामाङले विजय चौधरी र मुना कार्कीबीच सुमधुर सम्बन्ध रहे पनि सोमबार के कारणले हत्या गर्यो भनेर खोजीमा लागेको बताए । मुनाको हत्यापछि विजय आफैले आत्महत्या गरेसँगै के कारणले मुनाको हत्या भएको हो त्यसको अनुशन्धानमा प्रहरी जुटेको छ ।
२०७५ भदौ ४ गते फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झाको हत्यामा उनकै घरमा कामदार सानुकान्छा तामाङको संम्लग्नता देखियो ।
२०७४ साउन १२ गते काठमाडौं जिल्ला बुढानिलकण्ठ नपामा छोरीको घरमा आएकी ५५ वर्षीया पार्वती ढकालको हत्या समेत एक साता उनीहरुको घरमा घरेलु कामदारको रुपमा रहेका सुदामा लामिछानेले गरेका थिए । घरमा रहेको सुन र पैसा लिन लामिछानेले पार्वती ढकाललाई हम्बरले टाउकोमा हानेर हत्या भएको थियो ।
पूर्व राजदुत झा ,पूर्वसचिव कार्कीको पत्नी मुना र पार्वती ढकाल मात्रै हैनन् पछिल्लो समय विशिष्ट व्यक्तिहरू र उनीहरुकै घरमा काम गर्ने कामदारबीचको सम्बन्धमा सन्तुलन बिग्रन थालेको उदाहरण सार्वजनिक भएका छन् ।
महानगरीय अपराध महाशाखा टेकूका प्रमु्ख एसएसपी सहकुल थापाले घरेलु कामदारसँगको विवाद पछिल्लो समय बढ्दोक्रममा रहेको बताउछन् ।
‘भनेको जति पैसा नपाएर, धेरै गाली र अनावश्यक प्रेसर दिएर र यौन सम्बन्धको कारणले समेत कामदार र मालिकबीच विवाद हुने कारणले अपराधका घटनाहरू बाहिर आउने गरेका छन्’ एसएसपी थापा अनुभव सुनाउछन् ।
अब घरेलु कामदार र मालिकबीच हुने हिंसा तथा अपराधको फरक ढंङ्गबाट प्रहरीले अनुशन्धान कार्यलाई अघि बढाउने योजना अपराध महाशाखाले अघि बढाएको छ । केही घटना बाहिर देखिए पनि धेरै घटना बाहिर आउन समेत नसकेको हुनसक्ने अनुमान प्रहरीको छ । गोरखापत्र दैनिकमा खबर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया